आईटी जनशक्तिको विकासका लागि स्टाफ कलेजको व्यवस्था गर्छौं: मन्त्री शर्मा

८ असार २०८०, शुक्रबार १६:१४

काठमाण्डौ, ८ असार– सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सबै नागरिकसामू सूचना प्रविधिको पहुँच पर्याकउन सरकारले निरन्तर काम गरिरहेको बताएकी छन् । डिजिटल नेपाल कन्क्लेभ २०२३’ को उदघाटन समारोहमा बोल्दै मन्त्री शर्माले यस्तो बबताएकी हुन ।

उनले सरकारी सेवामा भएका आईटी जनशक्तिको विकासका लागि स्टाफ कलेजको व्यवस्था गर्ने पनि बताएकी छन । उनले भनिन्, ‘हामी सरकारी सेवामा भएका आईटी जनशक्तिको विकासका लागि छुट्टै स्टाफ कलेजको व्यवस्था गर्छौं । ’

उनले सबै नागरिकसामू सूचना प्रविधिको पहुँच पर्याकउन आवश्यक नीति बनाउने काम भइरहेको पनि बताएकी छन । उनले सूचना प्रविधि क्षेत्र पुरानै नीतिले चलिरहेको बताउँदै पुराना नीतिलाई समयानुकूल बनाउने गरी मन्त्रालयले काम गरिरहेको बताएकी छन ।

उनले भनिन्, ‘मन्त्रालय मात्र नभएर सरकारले मन्त्रीपरिषदमा पनि छलफल गरिरहेका छौं, ‘अबको १० वर्षमा सूचना प्रविधिमा उल्लेखनीय विकास हुनेछ ।’ उनले सरकारसँग समन्वय गर्न सक्ने संस्था नहुँदा डिजिटल नेपाल फ्रेमवर्कलाई पूर्ण कार्यान्वयन गर्न कठिन भएको पनि बताएकी छन ।

उनले भनिन्, ‘डिजिटल नेपाल फ्रेमवर्क कार्यान्वयनका लागि अधिकारप्राप्त संस्थाको खाँचो छ । यसका लागि मन्त्रालयमा छलफल भइरहेको छ।’