दाङ, ८ असार– दाङमा शिक्षा अधिकृमाथि कुटपिट गरेको आरोपमा वडा अध्यक्ष पक्राउ परेका छन् ।
शान्तिनगर गाउँपालिकाका शिक्षा अधिकृत सुमन पाण्डेलाई बिहीबार दिउँसो कुटपिट गरेको भन्दै शान्तिनगर गाउँपालिका–२ का वडाध्यक्ष सुनिल वलीलाइ पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी राजनकुमार गौतमले जानकारी दिएका छन ।
वडाध्यक्ष वलीले बिहीबार दिउँसो गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा बिवाद हुदा शिक्षा अधिकृत पाण्डेलाई कुटपिट गर्दै कागजात च्यातेको प्रहरीले बता्र्रएको छ ।
उनी विरुद्ध इलाका प्रहरी कार्यालय तुलसीपुरमा उजुरी परेपछि शुक्रबार पक्राउ गरिएको प्रहरीले बताएको छ ।
