काठमाण्डौ, ७ असार– पूर्व प्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टी नेसपाका अध्यक्ष डा बाबुराम भट्टराईले ०८४ को चुनावबाट नयाँ दलको नेतृत्वमा सरकार बन्ने बताएका छन ।
आज (बिहीबार) राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले पार्टी स्थापना दिवसको अवसरमा आयोजना गरेको चियापान कार्यक्रममा पूर्वप्रधानमन्त्री भट्टराईले नयाँ एजेण्डा नयाँ विचार सहितका शक्ति÷पार्टी चाहिन्छ भनेर आफूले पहल गरेको बताएका छन । उनले भने, ‘त्यसक्रममा रास्वपा यसरी अगाडि आएकोमा खुसी छ ।’
सञ्चारकर्मीहरुको प्रश्नमा भट्टराईले ०८४ को चुनावमा नयाँ दलको सरकार बन्ने बताएका छन । उनले भने, ‘०८४ मा चुनावमा नेपालमा नयाँ दलले नेतृत्व गरेको सरकार बन्छ, को हुन्छ म भन्दिनँ’ ।
उनले कांग्रेस, एमाले, माओवादीको नेतृत्वमा सरकार हुँदैन भन्न खोज्नु भएको हो भन्ने अर्को प्रश्नमा उनले भने, ‘उनीहरु आउँदैनन् । उनीहरु बाहेकको सरकार बन्छ ।
