काठमाण्डौ, ७ असार– मोरङको रंगेलीमा टिपरको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ । मृ्र्रत्यु हुनेमा रंगेली नगरपालिका–९ की ७० वर्षीया मुन्सी राजवंशी रहेकी छन ।
बुधबार दिउँसो भएको दुर्घटनामा राजवंशीको मृत्यु भएको प्रहरीले बताएको छ । भित्री सडकखण्डमा उत्तरबाट दक्षिणतर्फ गइरहेको ना १ क ७२१८ नम्बरको टिपरले सडक पार गर्दैगर्दा रंगेली–९ फर्साडाँगीमा वृद्धालाई ठक्कर दिएको थियो ।
गम्भीर घाइते भएकी वृद्धाको उपचारका क्रममा नोबेल मेडिकल कलेज विराटनगरमा बुधबार राति मृत्यु भएको मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक सुनीलकुमार श्रेष्ठले जानकारी दिएका छन ।
टिपर चालक सर्लाही लालबन्दीका अन्दाजी ३५ वर्षीय दिनेश अधिकारीलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले बताएको छ ।
