उड्ययन प्राधिकरणले सोधेको स्पष्टीकरण बदरको माग गर्दै अदालत गए बालेन

७ असार २०८०, बिहीबार १२:४३

काठमाण्डौ, ७ असार– त्रिभुवन विमानस्थल क्षेत्र परिसरको तार काटेको भन्दै नेपाल नागरिक उड्ययन प्राधिकरणले सोधेको स्पष्टीकरण बदरको माग गर्दै काठमाण्डौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) अदालतमा पुगेका छन ।

प्राधिकरणले सोधेको स्पष्टीकरण संविधान अनुकूल नभएकाले बदरको माग गर्दै अदालत गएको महानगरका कानुनी सल्लाहकार अधिवक्ता ओमप्रकाश अर्यालले जानकारी दिएका छन ।

काठमाण्डौं–९ मा रहेको जग्गामा प्राधिकरणले बनाइरहेको कम्प्लेक्सको नक्सा पास नभएको भन्दै गत बिहीबार काठमाण्डौं महानगरको नगर प्रहरी गएको थियो ।

महानगरको टोलीले भवन बनाइरहेको क्षेत्रमा लगाइएको तारबार हटाएको थियो भने निर्माण रोक्न भनेको थियो । उड्डयन प्राधिकरणले भने निर्माण रोक्नुअघि महानगरले कुनै जानकारी नदिएको बताएको छ ।

साथै लिखित पत्र र आधिकारिक जानकारी माग गर्दा नगर प्रमुखको आदेश बमोजिमको काम भएर त्यहीँ गएर बुझ्नू भन्ने जवाफ पाएको भन्दै उड्डयन प्राधिकरणले नेपाल नागरिक उड्डयन प्राधिकरण ऐनको दफा २५ ९१० बमोजिम सजाय किन नगर्ने हो रु भन्दै बालेनलाई स्पष्टीकरण सोधेको छ ।