काठमाण्डौ, ७ असार–नेकपा (माओवादी केन्द्)रको केन्द्रीय समिति बैठक असार तेस्रो साता बस्दै छ । बैठकमा पार्टी एकतासहित संगठनलाई चलायमान बनाउनेलगायतका विषयमा छलफल हुने एक नेताले जानकारी दिएका छन ।
नेकपा माओवादी केन्द्र र पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादीबीच एकताबारे लामो समयदेखि पहल भइरहेपनि मूर्तरुप लिन नसकेको सन्दर्भमा यसबारेमा पनि छलफल हुने पार्टी कार्यलय सचिव डोरप्रसाद उपाध्याय निर्मलले जानकारी दिएका छन ।
बैठक असार २३ गतेदेखि सुरु हुने उनले बताएकमा छन । उनले चार दिनसम चल्ने बैठकमा पार्टीको २ महिने अभियान, सरकारको काम कारवाही, समाजवादी मोर्चा र नेसपासँगको एकताको बिषयमा छलफल हुने पनि बताएका छन ।
