
काठमाण्डौ, ७ असार– जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादवले पूर्व प्र्रधामनमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईलाई एक्लै हिँड्ने बानी परेको बताएका छन ।
सोही कारण उनी समाजवादी मोर्चामा नआएको आफ्नो बुझाइ रहेको उनले बताएका छन । यादवकै अनिच्छाका कारण भट्टराई मोर्चामा सहभागी नभएको टिप्पणी भइहरेका बेला बिहीबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै यादवबले यस्तो बताएकमा हुन ।
उनले समाजवादी मोर्चा गठनका लागि भएको छलफलमा भट्टराई कहिले पनि उपस्थित नभएको बताएका छन । उनले मोर्चा गठनमा बाबुराम भट्टराईको कुनै योगदान नभएको पनि बताएका छन । उनले भट्टराई कसरी छुटे भन्नेबारे उनलाई नै थाहा हुने कुरा भएको पनि बताएका छन ।
उनले मोर्चामा रहेका कुनै दलबीच एकीकरण हुन सक्ने भएपनि मोर्चा नै दलको रुपमा भने नआउने पनि बताएका छन । उनले साझा मुद्दामा मोर्चाले काम गर्ने पनि बताएका छन ।
पत्रकार सम्मेलनका क्रममा यादवले असार १० गते पार्टीको विधान अधिवेशन सुरु हुने पनि बताएका छन । तीन दिनसम्म चल्ने अधिवेशनमा एक हजार प्रतिनिधि सहभागी हुने पनि उनले बताएका छन ।
