राष्ट्रपति पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरे

१७ जेष्ठ २०८०, बुधबार ११:३८

राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेका छन् ।

राष्ट्रपति कार्यालय स्रोतका अनुसार बुधबार बिहान राष्ट्रपति पौडेलले विधेयक प्रमाणीकरण गरेका हुन्। तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान विपरीत ‘होल्ड’ गरेको नागरिकता विधेयक प्रमाणीकरण गर्न सरकारले १२ जेठमा राष्ट्रपति पौडेललाई अनुरोध गरेको थियो ।

मन्त्रिपरिषद्को आग्रहअनुसार संविधानको धारा ६१ र ६६ बमोजिम राष्ट्रपतिले विधेयक प्रमाणीकरण गरेका हुन् ।