राष्ट्रपति पौडेल र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता

१७ जेष्ठ २०८०, बुधबार ११:१८

राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ।

आज बिहान राष्ट्रपति पौडेललाई भेट्न शितल निवासमा प्रधानमन्त्री प्रचण्ड पुगेका हुन्। राष्ट्रपति पौडेलको सचिवालयका अनुसार भेटवार्ताका क्रममा प्रधानमन्त्रीले भारत भ्रमणबारे राष्ट्रपतिलाई जानकारी गराएका हुन्।

राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलले भने ‘राष्ट्रपतिसमक्ष प्रधानमन्त्रीले आजदेखि हुने भारत भ्रमणबारे जानकारी गराउनुभएको हो ।’