
नेपाल विद्यार्थी संघका नेताहरूले नेविसंघ अध्यक्षविरुद्ध कांग्रेसका सभापति शेरबहादुर देउवाको धुम्बाराहीस्थित निवासमा नाराबाजी भएको छ।
नेविसंघ अध्यक्ष दुजाङ शेर्पाविरुद्ध बुधबार बिहान धुम्बाराही पुगेका नेविसंघका नेताहरूले नाराबाजी गरेका हुन्। नेविसंघ शिवराम बस्नेत नेतृत्वको टोलीले संगठनलाई गतिदिन नसकेको भन्दै शेर्पाको राजीनामा माग गरेको हो।
उनीहरूले संगठनलाई अनिर्णयको बन्दी बनाएको, गतिदिन नसकेको, त्यसैमा पनि चरम गुटबन्दी गरेको आरोप छ।
