वन तथा वातावरण मन्त्रालयका लागि १५ अर्ब ५६ करोड बजेट विनियोजन

१५ जेष्ठ २०८०, सोमबार १७:३३

वन तथा वातावरण मन्त्रालयका लागि सरकारले १५ अर्ब ५६ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८०–८१ को बजेट प्रस्तुत गर्दै वन तथा वातावरण मन्त्रालयका लागि १५ अर्ब ५६ करोड रुपैयाँ बजेट विनियोजन गरेको बताएका हुन् ।