पोर्चुगलमा एक नेपाली युवकको मृत्यु

७ जेष्ठ २०८०, आईतवार १०:५५

आठ महिनाअघि वैदेशिक रोजगारीको सिलसिलामा पोर्चुगल पुगेका एक नेपाली युवकको मृत्यु भएको छ।

गत शुक्रवार सुतेकै अवस्थामा बाँकेको खजुरा गाउँपालिका १ चन्द्रनगरका ३३ वर्षीय गणेशमान साराङकोटीको मृत्यु भएको हो। उनको पोर्तीमाउस्थित आफ्नै गैरआवासीय नेपाली सङ्घ पोर्चुगलका अध्यक्ष रविन अधिकारीले दिए ।जानकारी अनुसार कोठामा सुतेकै अवस्थामा उनको मृत्यु भएको हो। बिहीवार राति कामबाट आएर सुतेका उनी शुक्रवार बिहान ओछ्यानमै मृतावस्थामा भेटिएको अध्यक्ष अधिकारीले बताए ।

उनी पोर्तीमाउस्थित एक होटलमा कार्यरत थिए। विगत आठ वर्षदेखि घर नगएका उनी रोजगारीकै सिलसिलामा दुबई माल्टा हुँदै आठ महिनाअघि पोर्चुगल आएका थिए। उनको शव पोर्तीमाउस्थित अस्पतालको शवगृहमा राखिएको छ ।