राष्ट्रपतिले जनतालाई दिएको खुसी

५ जेष्ठ २०८०, शुक्रबार १६:१८

सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न राष्ट्रपति रामचन्द्र पौडेल संसद भवन पुगेका छन् ।

आर्थिक वर्ष २०८००८१ सरकारको नीति तथा कार्यक्रम संसदमा केहीबेरमा प्रस्तुत हुनेछ ।

राष्ट्रपति शीतल निवासबाट संसद भवनमा जाँदा सडक खाली नगराइकन संसद भवनको गेटबाट मात्र कारकेडको व्यवस्था गरिएको थियो ।

यसअघि नीति तथा कार्यक्रम प्रस्तुत गर्न राष्ट्रपति संसद आउँदा शितल निवासदेखि नै सडक खाली गराउने गरिएको थियो । यो अत्याचार र जनतालाई दिइने सास्ती बन्द भएको छ ।