शरणार्थी प्रकरणमा गगनको गनगन, ‘पार्टीभित्र निलम्बनको परम्परा छैन भनिरहेका छन्, यसलाई तोड्ने हो’

३ जेष्ठ २०८०, बुधबार १३:४२

नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीभित्रैका नेतामाथि आरोप लागेपछि निलम्बन गर्नुपर्ने तर्क गरिरहेका छन् ।

कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकुष्ण खाँण सो प्रकरणमा पक्राउपरेपछि उनका साथै अर्का महामन्त्री विश्वप्रकाश शर्मालेलाई आरोप लागेकाले प्रहरीले पक्राउ गरीसकेको हुँदा पार्टीले नै उनलाई निलम्बित गर्नुपर्ने तर्क गरिरहेका छन् ।

यस्तै, तर्क उनले बिहीबार काठमाडौंमा प्रजातान्त्रिक विचार समाजको १२ औं राष्ट्रिय महाधिवेशनमा बोल्दै पुन दोहर्याए ।

उनले कुनै पनि आरोप लागेपछि निलम्बन गरिनुपर्ने बताउँदै भने, ‘शरणार्थी प्रकरणजस्ता विभिन्न प्रकरण आइरहेका छन्। हाम्रो पार्टीका नेता पनि मुछिएका छन् । निलम्बन गर्ने कि नगर्ने बहस चलिरहेको छ । आरोपीलाई निलम्बन गर्ने र अदालतबाट पुष्टि भएमा जेल पठाउने हो। यो प्रकरणमा अनुसन्धान जरैसम्म पुग्नुपर्छ । जो-जो मुछिन्छ, उसलाई कारबाही गर्नुपर्छ ।’

केही साथीहरूले हाम्रो पार्टीभित्र निलम्बन गर्ने परम्परा नै छैन भनिरहेका बताउँदै उनले भने परम्पराका नाममा किन गलत कुरा बोकिरहने भन्दै यसलाई तोड्नुपर्ने बताए ।

पार्टी भ्रष्ट नहुने पार्टीमा आबद्ध कोही भ्रष्टाचारी भए पार्टीबाट निकालिने उनले बताए ।