केन्द्रीय समितिबाट भाग्दै देउवा : खाँणलार्ई निलम्बन गर्न देखाएनन् चाँसो

२ जेष्ठ २०८०, मंगलवार १०:१०

आरजु र मञ्जुको संलग्नतापछि मौन छन् देउवा, नजिककासँग पनि धेरै कुरा गर्दैनन्,मुखको मुस्कान हरायो !
नक्कली भुटानी शरणर्थी काण्डमा पार्टी केन्द्रीय सदस्य तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँण मुछिएपछि नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्यो । पार्टी सभापति शेरबहादुर देउवाले गएको बुधबार पदाधिकारी र बिहीबार पूर्वपदाधिकारीसहितको बैठक बोलाए । बैठकले सरकारलाई यो प्रकरणमा समर्थन र सहयोग गर्ने निर्णय गर्‍यो ।

नेता खाँणलाई कारबाही गर्दै पार्टीबाट निलम्बन गर्नुपर्ने प्रस्ताव सहित अनुसन्धान गर्ने बुधबारको बैठकमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले प्रहरीलार्य जानकारी दिए । बिहीबारको बैठकमा उपसभापति धनराज गुरुङले पनि सो प्रस्तावमा समर्थन जनाए । तर, मौन रहेका सभापति देउवा खाँणलाई निलम्बन गर्नेतर्फ ध्यान दिएका छैनन् ।