आज टोपबहादुर रायमाझीलाई अदालतमा उपस्थित गराइँदै

१ जेष्ठ २०८०, सोमबार ११:५२

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेकपा एमाले सांसद टोपबहादुर रायमाझीलाई आज म्याद थप गरी थुनामा राखेर अनुसन्धान गर्न प्रहरीले जिल्ला अदालतमा उपस्थित गराउँदैछ ।

प्रहरीले थुनामा राखेर अनुसन्धान अघि बढाउन रायमाझीलाई अदालतमा उपस्थित गराउन लागेको हो ।

रायमाझी आइतबार राति काठमाडौंको बूढानीलकण्ठबाट पक्राउ परेका थिए । आफूविरुद्ध पक्राउ पुर्जी जारी भएपछि उनी फरार थिए ।