बालुवाटारमा तीन नेता विच छलफल

३१ बैशाख २०८०, आईतवार ११:१७

प्रमुख दलका नेता नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (माअ‍ोवादी केन्द्र) का अध्यक्षबीच बालुवाटारमा छलफल भइरहेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली छलफलमा सहभागी छन् ।

करिब आधा घण्टादेखि जारी बैठकमा संसद्‌मा रहेका विधेयक पारित गर्न विपक्षीको साथ प्रधानमन्त्रीले खोजेका छन् । बहुमतबाट विधेयक पारित हुने भएपनि कार्यान्वयनका लागि भोलि जटिलता नआओस भनेर प्रधानमनत्रीले कांग्रेस र एमालेका दुवै अध्यक्षलाई निरन्तर जस्तो छलफलमा बोलाइरहेका छन् ।

नेकपा (एमाले) ले संवैधानिक परिषद् विधेयक, संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा आफ्नो फरक धारणा राख्दै आएको छ । त्यही कारण सरकारले फास्टट्रयाकमा अघि बढाउनेगरी ल्याएका विधेयक संसद्‌मै विचाराधीन छन् ।