नक्कली भुटानी शरणर्थी प्रकरण : दोषी उम्कन नदिन प्रधानमन्त्री निर्देशन 

२७ बैशाख २०८०, बुधबार १७:४०

फाइल तस्बिर

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नक्कली भुटानी शरणर्थी प्रकरणमा कसैलाई पनि छुट नहुने बताएका छन् ।

शीर्ष नेताको बैठकबाट बाहिरिनेक्रममा प्रधानमनत्री प्रचण्डले दोषी कोही पनि उम्कन नपाओस भनेर निर्देशन भएको बताए ।

“नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी उम्कन नपाओस भन्ने विषयमा शीर्ष नेताहरूको तहमा समझदारी भएको छ,” प्रधानमन्त्री प्रचण्डले भने, “मैले दोषी कोही पनि नउम्कियोस् भनेर निर्देशन दिएको छु ।”

उनले शीर्ष नेताहरूबीचको छलफल भने संसद्मा रहेका विधेयक अघि बढाउने र संसद्को प्रभावकारिता कायम गर्ने विषयमा भएको बताए ।