
सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।
आज दिउँसो उनीहरूबीच छलफल भएको हो। ‘उहाँहरूबीच छलफल जारी रहेको प्रधानमन्त्री प्रचण्डको सचिवालय जनाएको छ ।
भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाणलगायत पक्राउ परेका बेला नेताहरूबीच भेटवार्ता भएको हो।
पछिल्लो समय प्रधानमन्त्री प्रचण्डसँग देउवा र ओलीले भेटवार्तालाई तीव्रता दिएका छन्।
