नक्कली भुटानी शरणार्थी प्रकरणबारे जानकारी गराउन सरकारलाई सभामुखको रूलिङ

२७ बैशाख २०८०, बुधबार १३:१५

सभामुख देवराज घिमिरेले नक्कली भुटानी शरणार्थी प्रकरणबारे संसदमा जानकारी गराउन सरकारलाई रूलिङ गरेका छन्।

बुधवारको प्रतिनिधि सभा बैठकमा सभामुख घिमिरेले नक्कली शरणार्थी प्रकरणको सम्बन्धमा संसदमा जानकारी गराउन सरकारलाई ध्यानाकर्षण गराएका हुन्।

त्यसअघि राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्षसमेत रहेका सांसद राजेन्द्र लिङ्देनले सो प्रकरणको सम्बन्धमा सरकारले जानकारी गराउनुपर्ने र त्यस सम्बन्धमा सभामुखको रुलिङको माग गरेका थिए।

‘अहिले उठेका विषयमा म नेपाल सरकारको गम्भिर ध्यानाकर्षण गराउँछु,’ उनले भने।