राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, गृहमन्त्री नारायणकाजी श्रेष्ठ र नेपाल प्रहरीलाई धन्यवाद दिएका छन् ।
बुधबार बिहान पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाण पक्राउ परेपछि लामिछानेले सरकारलाई धन्यवाद दिएका हुन् ।
उनले यो शिलशिला रोकिन नहुने पनि बताएका छन् ।
‘धन्यवाद नेपाल प्रहरी, धन्यवाद गृहमन्त्री ज्यू, धन्यवाद प्रधानमन्त्री ज्यू । यो शिलशिला नरोकियोस् । कुनै हालतमा नरोकियोस्,’ उनले लेखेका छन् ।
भूटानी शरणार्थी प्रकरणमा संलग्न रहेको आरोपमा खाण बुधबार बिहान पक्राउ परेका हुन् ।
पक्राउ परेका खाणलाई काठमाडौं जिल्ला प्रहरी परिसर काठमाडौं लगिएको छ ।
