नेपाली कांग्रेसकी सांसद कमला पन्तले अर्थमन्त्री डा. प्रकाशशरण महतलाई पाँच सय र हजारका नोटलाई ब्यान्ड गर्न आग्रह गरेकी छिन् । आज (सोमबार) राष्ट्रिय सभामा अगामी बजेटबारे भइरहेको छलफलमा सांसद पन्तले अर्थमन्त्री महतलाई उक्त आग्रह दिएकी हुन् ।
उनले भनिन्, ‘बोरामा बाँधेका पैसाहरु पाँच सय र हजारका नोटलाई ब्यान्ड गरौं अर्थमन्त्रीज्यू। यदि हामीले समस्या बुझेका छौं र हिम्मत छ भने। यति गर्यो भने हामी यो पलायन हुँदै गएको अर्थतन्त्रबाट चलायमान बनाउन सक्छौं ।’
