बजेटका सिद्धान्त र प्राथमिकता लय मिलेको निबन्ध : एमाले

२५ बैशाख २०८०, सोमबार १२:४५

राष्ट्रिय सभाको सोमबार बसेको बैठकमा आगामी वर्षको बजेट र सिद्धान्तमाथि छलफल गर्दै उनले गठबन्धन सरकारले चालू बजेटमा ८ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य राखेको भए पनि त्यो पूरा नहुने स्थिति स्पष्ट रहेको बताएकी हुन् ।

रावलले फराकिलो आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य लिएको वर्तमान गठबन्धन सरकारले लक्ष्य पूरा किन नगरेको भन्दै प्रश्न गरिन् ।

‘वर्तमान गठबन्धन सरकारले चालू बजेटमा ८ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य राखेको थियो । आजका दिनसम्म करिब ३ प्रतिशतको आर्थिक वृद्धिदरको सीमितताभित्र अहिलेको अवस्था छ । त्यो अवस्था कसरी सिर्जना भयो रु अहिलेसम्म के के भए र आगामी दिनमा हामी फराकिलो आर्थिक वृद्धिदर हासिल हुन्छ भनेर पत्याउने र विश्वास गर्ने आधार कसरी सिर्जना गर्नसक्छौँ । के हो फराकिलो आर्थिक वृद्धिदर भनेको ? कति अंकमा हो ? त्यो अंक स्पष्ट सरकारले गर्न सकेको छैन,’ उनले भनिन् ।

सांसद रावलले फराकिलो आर्थिक वृद्धिदर भनेको के हो भन्दै प्रश्न पनि गरिन् । उनले गत वर्ष बजेट निर्माणको क्रममा करको दर हेरफेर भएको र जसका कारण उद्योगी व्यवसायीमा नकारात्मक प्रभाव परेको बताइन् । रावलले आगामी वर्षको बजेट निर्माणमा विचौलियको प्रयोग हुँदैन भन्ने प्रत्याभूति सरकारले जनता र संसदलाई दिनुपर्ने पनि बताइन् ।

‘फराकिलो भनेर भाषा मात्रै छ । सिद्धान्त र प्राथमिकता लय मिलेको निबन्ध जस्तोको रूपमा प्रस्तुत भएको छ । गत वर्ष बजेट निर्माणको क्रममा करको दर हेरफेर गर्दा विचौलियाको प्रयोग भयो, जसका कारण आज नेपाली उद्योग धन्दाहरू धराशायी हुन पुगे, उद्योगी व्यवसायीमा नकारात्मक प्रभाव परेको छ, वर्तमान अर्थमन्त्रीज्यू यो बारेमा कति सचेत हुनुहुन्छ ? विगतमा भएको विचौलियाको प्रयोग हुँदैन भन्ने प्रत्याभूति यो सरकारले संसद् र जनतालाई दिनुपर्छ,’ उनले भनिन् ।

सांसद रावलले स्रोतको जोहो गर्न वर्तमान सरकार दबाबमा रहेको पनि उल्लेख गरिन् ।