आज देखी काठमाडौं महानगरपालिका भित्त्री क्षेत्रहरुका अव्यवस्थित तार काट्ने र हटाउने कार्य सुरु गरीएको छ ।
महानगरको सौन्दर्य बढाउन तथा आगजनीको घटनालाई नियन्त्रण गर्न सहज होस भनेर महानगरपालिकाले विभिन्न स्थानमा रहेका अव्यवस्थित तार हटाउन सुरु गरेको हो ।
गत आइतबार बसेको काठमाडौँ महानगर, नेपाल दूरसञ्चार प्राधिकरण र इन्टरनेट सेवाप्रदायकका प्रतिनिधिबीचको बैठकले सोमबारदेखि तार व्यवस्थापन गर्ने निर्णय भए अनुसार आजबाट सुरु गरिन लागिएको महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिएका थिए ।
जसअनुसार पहिलो दिन न्युरोड र माइतीघरमा रहेको अप्टिकल केबल तार व्यवस्थित गर्ने सहमति अनुसार आजबाट हटाउन लागिएको दूरसञ्चार प्राधिकरणले जानकारी दिएको छ ।

