पुस ११, काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौंले केही पत्रकारसँग सम्बन्धीत कागजात उपलब्ध गराइदिन गरेको पत्राचारप्रति नेपाल प्रेस युनियनले ध्यानाकर्षण भएको जनाएको छ ।
युनियनले सोमबार विज्ञप्तिमार्फत केही सञ्चारमाध्यममा तत्कालीन प्हरी नायब महानिरिक्षक नवराज सिलवालको ‘सक्कली र नक्कली भनिएका कार्यसम्पादन मूल्यांकन’ प्रकाशित भएको सन्र्दभमा ‘सोको स्रोतसमेत खुलाई कागजात उपलब्ध गराइदिन’ गरिएको पत्राचारप्रति ध्यानाकर्षण भएको जनाएको हो । ‘स्वतन्त्र प्रेसले समाजको विभिन्न विषयमा आफ्ना स्रोतबाट प्राप्त सामग्री प्रस्तुत गर्न सक्छ, यसको स्रोत खोल्न बाध्य पारिनेछैन भन्ने मान्यतालाई यो पत्रले ठाडै उल्लंघन गरेको छ,’ महासचिव अजयबाबु शिवाकोटीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
अदालतले अनुसन्धान गर्न दिएको आदेशपछि अनुसन्धान गर्नुपर्ने निकाय प्हरलिे आफ्ना सहजताका लागि ‘सञ्चारमाध्यमलाई स्रोत खोल्न भन्नुभन्दा सो प्रकरणमा आरोपित र त्यस प्रकरणबाट फाईदा पाउने पक्षलाई नै अनुसन्धानको दायरामा ल्याएर बुझ्दा नै उपयुक्त हुने’ युनियनको ठहर छ । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको विश्वव्यापी मूल्य र मान्यता, नेपालको स्रवैधानिक र कानुनी प्रावधानको मान्यताविरुद्ध पत्रकारलाई निरुत्साहित गर्ने ढंगले काममा अवरोध नपु¥याउन युनियनले सम्बन्धित सबैलाई सचेत हुन आग्रह गरेको छ । –राजधानी दैनिक
