प्रचण्ड–ओलीबीच भेटको एजेन्डा के हो ?

२२ बैशाख २०८०, शुक्रबार १२:१९

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गर्ने भएका छन् । प्रचण्ड–ओलीबीचको भेट अपरान्ह ३ बजे सिंहदरबारमा हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

भेटवार्ताको एजेन्डाबारे भने आधिकारिक जानकारी नभएको ओलीका प्रेस संयोजक रामशरण बजगाईँको जानकारी दिए । नक्कली भुटानी शरणार्थी प्रकरणमा एमाले सचिव टोपबहादुर रायमाझी मुछिएपछि दुई शीर्ष नेताबीच भेटवार्ता बाक्लिएको हो ।

बिहीबार पनि प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भेटवार्ता भएको थियो । भेटपछि अध्यक्ष ओलीले रायमाझीलाई षड्यन्त्रपूर्ण ढंगले फसाउन खोजे प्रतिकार गर्ने प्रतिक्रिया दिएका थिए ।