यो वर्षको बर्खामा कम पानी पर्ने प्रक्षेपण

२१ बैशाख २०८०, बिहीबार १३:२२

यस वर्षको वर्षायाममा औसतभन्दा कम वर्षाको प्रक्षेपण गरिएको छ।

जल तथा मौसम विज्ञान विभागले आगामी मनसुन अर्थात् चार महिनाको ऋतुगत मौसम आकलन गर्दै देशैभर औसतभन्दा कम वर्षा हुने र अधिकतम तापक्रम पनि औसतभन्दा बढी हुने जनाएको हो।