पूर्व मन्त्री रायमाझीका छोरालाई काठमाडौं ल्याइयो, केही बेरमा अदालत लगिँदै

२१ बैशाख २०८०, बिहीबार ११:४८

पूर्वमन्त्री टोपबहादुर रायमाझीका छोरा सन्दीपलाई काठमाडौं ल्याइएको छ । नेपालिलाई नक्कली भुटानी शरणार्थी बनाउन सहयोगी ठगी गर्ने गिरोहमा शम्लग्न भएको आरोपमा भैरहवामा बुधवार पक्राउ परेका सन्दीपलाई आज बिहान काठमाडौं ल्याइएको हो ।

काठमाडौंका एसएसपी दानबहादुर कार्कीका अनुसार काठमाडौं ल्याइएका उनलाई जिल्ला अदालत, काठमाडौंमा पेश गरेर अनुसन्धानका लागि म्याद थप हुनेछ ।

नेपालिलाइ नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने आरोपमा धमाधम पक्राउ परिरहेका छन् । हिजो सचिव टेकनारायण पाण्डेलाई पक्राउ गरिएको थियो, उनलाई ३ दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालतले अनुमति दिइसकेको छ ।