राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेको चितवनस्थित घरको छतबाट खसेका चालकको उपचारका क्रममा मृृत्यु भएपछी आज अन्त्येष्टि गर्न लागिएको छ । सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका ३ का ४० वर्षीय चालक दिलबहादुर थापा (शम्भु)को हिजो दिउँसो ललितपुरको मेडिसिटी अस्पतालमा मृृत्यु भएको हो ।
उनी बैशाख ४ गते राति चितवनस्थित लामिछानेको घरको तीन तला माथिबाट खसेपछि गम्भीर बिरामी भएका थिए । उपचुनावको प्रचारप्रसारमा लामिछानेसँगै थापा चैतदेखि उतै व्यस्त थिए । टाउकोमा चोट लागेका कारण उनलाई भरतपुरमा उपचार सम्भब नभएपछी भोलिपल्टै मेडिसिटी अस्पताल ल्याइएको थियो ।
उपचारको क्रममा हिजो दिउँसो उनको मृृत्यु भएको हो । हिजो साँझदेखि थापाको शव पोष्टमार्टमको निम्ति पाटन अस्पतालमा राखिएको थियो । आज बिहान पोष्टमार्टमपछि अन्त्येष्टिको निम्ति शव पशुपति आर्यघाट लगिएको बताइन्छ ।
