रवि लामिछाने र सीके राउतबीच भएको भेट अर्थपूर्ण

१९ बैशाख २०८०, मंगलवार १३:०३

दुई नेताबीचको तस्बिर सार्वजनिक गर्दै रास्पाको फेसबुकमा लेखिएको छ, ‘नयाँ शक्तिहरू बीचको सौहार्दता नयाँ र केही गरौं भन्दै नेपालको राजनीतिमा उदाएका नयाँ शक्तिहरूबीच हार्दिकता र स्वच्छ प्रतिस्पर्धा आजको आवश्यकता हो ।’

सत्ता गठबन्धनमा रहेको जनमत अहिले मन्त्री फिर्ता बोलाएर बसेको छ । रास्वपाले प्रचण्ड सरकारमाथिको समर्थन के गर्ने भन्ने चासोका बीच दुई नेताबीचको भेटलाई अर्थपूर्णरूपमा लिइएको छ ।