एसिया कप पुग्न यूएईले नेपाललाई दियो ११८ रनको लक्ष्य

१९ बैशाख २०८०, मंगलवार ०९:५४

ललित राजवंशीको चार विकेट संगै नेपालले एसीसी मेन्स प्रिमियर कपको फाइनलमा यूएईले नेपाललार्ई एक सय १७ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा सोमबार सुरु भएको फाइनल खेल वर्षाका कारण स्तगीत भएको खेल आज ९ बजेदेखि सुरु भएको हो ।

सोमबार यूएईले २७.३ ओरभमा एक सय ६ रन बनाएर ९ विकेट गुमाएको थियो। मंगलबार बिहान सोही स्थानबाट इनिङ्स अगाडि बढाएको यूएई ३३.१ ओभरमा सबै विकेट गुमामाएर एक सय १७ रनको योगफल लक्ष्य तयार गर्न सफल भयो ।

यूएईका लागि आसिफ खानले ५४ बलमा सात चौका र एक छक्कासहित सर्वाधिक ४६ रन बनाए । अन्य ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेनन् ।

नेपालका लागि किफयती बलिङ गरेका ललितले ७.१ ओभरमा १४ रन खर्चिएर दुई मेडनसहित सर्वाधिक चार विकेट लिए। यस्तै, करण केसी र सन्दीप लामिछानेले दुई–दुई तथा गुल्शन झा र सोमपाल कामीले एक–एक विकेट लिए ।