सडक दुर्घटनामा एकै परिवारका १० जनाको मृत्यु

१० पुष २०७४, सोमबार ०५:४४

पुस ९, पाकिस्तान । पाकिस्तानको सिन्ध प्रान्तस्थित सान क्षेत्रमा आइतबार विपरित दिशाबाट आएका यात्रुबाहक बस सुजुकी भ्यानसँग ठोकिदा एकै परिवारका १० जनाको मृत्यु भएको छ ।

इन्दुज राजमार्गमा बिहानै भएको दुर्घटनामा १० जनाको मृत्यु भएको र केही यात्रुहरू घाइते भएका बरिष्ठ प्रहरी उपरिक्षक इरफान बहादुरले बताएका छन् ।

एकै परिवारका दुई पुरुष, चार महिलासहित चार जना बालबालिकाको घटनामा मृत्यु भएको उनले बताए ।

रात्रिकालिन बस उच्च गतिमा आएको र भ्यानसँग ठोक्किएको बरिष्ठ प्रहरी उपरिक्षक इरफानले बताएका छन् । दुर्घटनापछि बसका चालक फरार रहेका प्रहरीले जनाएको छ । एजेन्सी