नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकियो

१८ बैशाख २०८०, सोमबार १०:४८

नेपाल र यूएईबीचको एसीसी पुरुष प्रिमियर कप क्रिकेटको फाइनलअन्तर्गत खेल वर्षाका कारण रोकिएको छ।

बिहान ९ बजेदेखि सुरु भएको खेल वर्षाका कारण बीचमै रोकिएको हो। १६ ओभर पूरा हुँदा वर्षा भएपछि खेल रोकिएको छ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर नेपालले पहिले बलिङ रोजेको थियो। पहिले ब्याटिङको निम्तो पाएको यूएईले १६ ओभरमा ५ विकेट गुमाएर ६० रन बनाएको छ।