पश्चिमी र स्थानीय वायुको प्रभावका कारण सोमबार बिहान देशभरको मौसम सफा छैन। अहिले सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशको एक–दुई स्थानमा हल्का वर्षा परिरहेको छ।
दिउँसो देशैभर वर्षाको सम्भावना देखिएको छ। मधेश प्रदेशका एकदुई स्थानमा भने हावाहुरीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। सोमबार राति सातै प्रदेशमा हल्का वर्षाको सम्भावना रहेको छ।
