माटो सहितको पहिरोका कारण अरुण नदी थुनिएको छ । निर्माणाधीन ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत निर्माणस्थल संखुवासभाको फाक्सिन्दामा माटो सहित पहिरो खसेर अरुण नदी थुनिएको हो ।
संखुवासभाका प्रमुख जिल्ला अधिकारी शिव कार्कीका अनुसार अरुण नदी थुनिएको स्थानमा २६ मिटर भन्दा बढी पानी जमेको छ । अब केही घण्टामा थुनिएको ड्याम माथिबाट पानी बग्ने प्राविधिकलाई जानकारी दिँदै उनले बताए ।
भारतीय कम्पनीले निर्माण गरिरहेको अरुण ३ जलविद्युत आयोजनाको ड्राइभर्सन टनेलको मुखमा आइतबार बिहान माटो सहित पहिरो खसेको थियो । माटो सहितको पहिरो निरन्तर खसिरहेको छ ।
पहिरोका कारण अरुण तेस्रोको ड्याम साइडको काम पनि रोकिएको छ ।
