डाक्टरको घरमा स्टाफ नर्स मृत फेला

१७ बैशाख २०८०, आईतवार १३:११

काठमाडौंको बोहराटारमा एक जना स्टाफ नर्स मृत फेला परेकी छन्। काठमाडौं महानगरपालिका– १६ बोहराटारस्थित सुजन ढकालको घरमा अन्दाजी २९ वर्षीया अनुमा श्रेष्ठ मृत फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी सीताराम रिजालले जानकारी गराए।

उनी मृत फेला परेको खबर पाएपछि प्रहरी वृत्त बालाजुबाट टोली खटिएको थियो। मृतक शब घरमा झुण्डिएको अवस्थामा फेला परेकी हुन्।

एसपी रिजालका अनुसार उनी वीर अस्पतालमा स्टाफ नर्स पढाउँथिन्। सुजन ढकाल भने विराटनगरस्थित कोशी अस्पतालमा कार्यरत डाक्टर हुन्। ‘हिजो शव फेला परेको थियो।

मृतक ढकालको घरमा अनुमा किन र कसरी पुगेकी थिइन् भन्ने खुलिसकेको छैन। उनीहरूबीचको सम्बन्ध पनि नखुलेको प्रहरीले जनाएको छ। पीडितका अधिवक्ता कीर्तिनाथ शर्मा पौडेलका अनुसार उनीहरूबीच प्रेम सम्बन्ध थिए। सम्बन्ध बिग्रिएपछि पासो लगाएको उनले बताए।