गुल्मीको रेसुङ्गा विमानस्थलमा नेपाल वायुसेवा निगमको ट्वीनअटर विमान अवतरण गरेको हो । ‘परीक्षण उडान’ अन्तर्गत नेपाल वायुसेवा निगमको ९ एन एबिटी कल साइन भएको विमानलाई आज बिहान अवतरण गरेको छ ।
क्याप्टेन मनेश विष्टको चालक दलले उक्त परीक्षण उडान परिक्षण गरेका हुन् । अब निगमले काठमाडौंबाट नियमित उडान गर्ने बताएको छ ।
काठमाडौंबाट बिहान साढे ६ बजे उडेको विमान ७ बजेर २० मीनेटको समयमा रेसुङ्गा पुगेको हो । यसअघि २०७५ जेठमा तारा एयरको विमानले कच्ची धावनमार्गमा परीक्षण उडान गरिएको थियो । विमानमा नागरिक हवाई उड्डयन प्राधिकरणका कर्मचारीसहित १० जना काठमाडौंबाट उडेका हुन् ।
काठमाडौंबाट गुल्मीसम्मको उडान भाडा एकतर्फी ६ हजारभन्दा बढी हुने प्रारम्भिक जानकारी आएको छ ।
