
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले कोसी प्रदेशको नाम सबैको साझा भएको बताएका छन् । बिहीबार इलाममा आयोजित कार्यक्रममा उनले कोसी नाम ठिक भएको दाबी गरे ।
“कोसी प्रदेश बिलकुल ठिक थियो । यो साझा नाम हो । सबैका लागि छ,” ओलीले भने, “यसमा एउटा अर्को भन्ने कुरै छैन नि ।”
उनले आफू प्रदेश सभाको सांसद पनि नभएकाले कार्यक्रममा जाँदा कसलाई टाउको दुख्यो ? भन्दै प्रश्न पनि गरे । बुधबार झापाको बुधबारेको कार्यक्रममा पुगेका ओलीमाथि ढुंगामुढाको प्रयास पनि भएको थियो ।
उनले नामकारणलाई इगोको विषय बनाउन नहुने बताए । कोसीको वरिपरि रहने भएकाले कोसी भन्दा उचित रहेको ओलीको भनाइ छ ।
