
कञ्चनपुरको पुर्नबास नगरपालिकामा आज लमैया नाला तर्ने क्रममा एक महिलाको डुबेर मृत्यु भएको छ ।
इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका अनुसार्र पुर्नवास नगरपालिका–१० कालिका मन्दिरकी ३२ वर्षीया तारा विष्टको मृत्यु भएको हो ।
प्रहरीका अनुसार नालामा महिला डुबेको देखेपछि स्थानीय बालबालिकाले प्रहरीलाई खबर गरेका थिए । मृतक महिलाको शव परीक्षणका लागि धनगढीस्थित सेती प्रादेशिक अस्पताल लगेकोको प्रहरीले जानकारी दिए ।
