निरु पाण्डेको हत्याको आज आठौँ दिन, अझै सम्म हत्यारा पत्ता लगाउन नसकेको भन्दै आफन्ताको प्रदर्शन

१४ बैशाख २०८०, बिहीबार १५:३६

काठमाडौँ । काठमाडौँ सरस्वतीनगरस्थित ‘निरु किचन’की सञ्चालक निरु पाण्डेको हत्या भएको आज ८ औ दिन हुदा पनि हत्यामा संलग्न व्यक्ति पक्राउ नपरेको भन्दै मृतकको आफन्त र व्यवसायीहरुले प्रदर्शन गरेका छन् ।

आफ्नै पसलमा दिउँसै पाण्डेको हत्या भएको थियो । आज हत्या भएको ८ औँ दिन हुदा पनि अझै सम्म हत्यारालाई पत्ता लगाउन नसकेको भन्दै आफन्ता र स्थानीयले चौतर्फी दबाब स्वरुप सरस्वती नगर, कपनमा  प्रर्दशन गरेका छन् । आफ्नै पसलमा बसिरेको बेला दिउँसै धारीलो हत्यार प्रयोग गरी हत्या भएको थियो ।