आज बस्ने भनिएको राष्ट्रिय सभाको बैठक फेरी स्थगित

१४ बैशाख २०८०, बिहीबार ११:५९

आज बस्ने भनिएको राष्ट्रिय सभाको बैठक स्थगित भएको छ ।

यसअघि आज दिउँसो १ बजेका लागि बैठक बोलाइएको थियो ।

विशेष कारणवश आजको बैठक स्थगित भएको र भोलि बैशाख १५ गते दिउसो ४ बजे बस्ने गरी स्थगित भएको राष्ट्रिय सभा अध्यक्षका प्रेस सल्लाहकार दुर्गा प्रसाद शर्माले जानकारी गराएका छन् ।