एसीसी प्रिमियर कप क्रिकेटमा आज कतार सामु लज्जास्पत ब्याटिङ गरीरहेको छ । अहिलेसम्म अपराजित रहँदै सेमिफाइनलमा पुगेको नेपालले एसीसी प्रिमियर कपको खेलमा कमजोर मानिएको कतारविरुद्ध कमजोर सुरुवात गरेको छ।
समूह चरणमा हालसम्मका खेलका सबै खेल हारेको कतारविरुद्ध नेपालले मात्र ८४ रनमा ६ विकेट गुमाइसकेको छ।
समूह चरणको अन्तिम खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालका ओपनर कुशल भुर्तेल २ रनमा क्याच आउट हुँदा भिम सार्की पनि मात्र ६ रनमा पेभोलिएन फर्किए।
मात्र ९ रन जोड्ने क्रममा सुरुवाती २ विकेट गुमाएको नेपालका अर्का ओपनर आशिफ सेख पनि १९ रनमा आउट भए। त्यसपछि कप्तान रोहित पौडेल २७ रन जोड्दै बाटो लाग्दा कुशल मल्ल मात्र ३ रनमा आउट भए।
यसपछि सोमपाल कामी पनि मात्रै ११ रनमा आउट भए।
घरेलु मैदानमा भएको प्रतियोगितामा नेपाल समूह चरणमा अपराजित हुँदै सेमिफाइनलमा प्रवेश गरेको हो, भने कतारले सबै खेल हारेको छ।
यस प्रतियोगितामा समूह विजेताको रुपमा सेमिफाइनल खेल्न नेपालले आजको खेल जित्नैप्रने हुन्छ ।
आजको खेलमा अलराउन्डर करण केसीलाई आराम दिइएको छ, भने उनको स्थानमा आजको खेलमा गुलशन झालाई मौका दिइएको छ।
