संघीयता माथि पटक पटक प्रहारः मन्त्री शर्मा

१४ बैशाख २०८०, बिहीबार १०:४८

सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले राष्ट्रको संघीय लोकतान्त्रिक व्यावस्था माथि पटक पटकको प्रहार हुँदै आइरहेको बताउनुभएको छ । दाङमा आयोजित प्रेस सेन्टर नेपालको पत्रकारप सम्मेलनमा मन्त्री शर्माले उक्त अभिव्यक्ति दिनुभएको हो । मुलुकले प्राप्त गरेको व्यवस्था र उपलब्धिमा कुनै कमी कमजोरी नभए पनि व्यक्तिगतमाथि प्रहार गर्दै व्यवस्थालाई असफल बनाउने दाउमा विभिन्न शक्तिहरू लागि परेको सञ्चार मन्त्री शर्माले तर्क छ ।

आयोजित पत्रकार सम्मेलनमा मन्त्री शर्माले सरकारको अपूर्णता माथि पनि गुनासो पोख्नुभयो । सरकारले पूर्णता पाए पनि अझै पूर्ण रूपमा पूर्णता पाउन नसकेको उहाँको भनाइ छ । यद्यपी सरकारले सङ्क्रमणकालीन न्यायलाई टुङ्गोमा पुर्याउन विधेयक तथा कानुन निर्माणको पाटोलाई तीव्रताका साथ लगेको उहाँको भनाइ थियो । मन्त्री शर्माका अनुसार मुलुकको विकास र समृद्धिका लागि सरकारले विकासमा आधारित योजना र बजेट निर्माणको कामको समेत तीव्र तयारीका साथ लागिरहेको छ । जसका लागि आगामी बजेट तथा नीति कार्यक्रममा मुलुकका गौरव आयोजनासँगै ठुला विकास निर्माण योजना आवश्यकता पहिचान गरी आवश्यकतामा आधारित बजेट र योजना निर्माणको काम सरकारले गरिरहेको उहाँको भनाइ थियो ।