ठगी आरोपमा प्रहरीले एक जना युवालाई पक्राउ गरेको छ । पक्राउ पर्ने युवा झापा अर्जुनधाराका ओमनाथ मैनाली रहेका छन् ।
उनले वैदेशिक रोजगारीका लागि सिंगापुर पठाइदिने बहानामा गोङ्गबुका मीनबहादुर रानालाई पटक पटक गरी ६ लाख ५० हजार रुपैंया ठगी गरेको आरोप छ । वैदेशिक रोजगार विभागको पत्र अनुसार उपत्यका अपराध अनुसन्धान कार्यालयले मैनालीलाई नियन्त्रणमा लिएर विभागमा जिम्मा लगाएको छ।
मैनालीलाई बबरमहलबाट पक्राउ अनुसन्धान कार्यालयका प्रवक्ता एसपी रवीन्द्र रेग्मी जानकारी गराए । उनलाई थप अनुसन्धान तथा करबाहीको लागि विभागको जिम्मा लगाइएको छ।
