ओलीको गृहजिल्ला झापामा बस्दै एमाले केन्द्रीय कमिटी बैठक

१३ बैशाख २०८०, बुधबार १३:०७

प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी नेकपा एमालेको केन्द्रीय कमिटी बैठक झापामा बस्ने भएको हो। अध्यक्ष केपी ओलीको गृहजिल्ला झापा हो।

एमाले पार्टी कार्यालय सचिव भीष्म अधिकारीका अनुसार २८, २९ र ३० वैशाखमा झापामा बैठक बस्ने छ। यद्यपि बैठकको एजेन्डा र बैठक बस्ने स्थल झापा भए पनि स्थानबारे छलफल तय नभइसकेको अधिकारीको भनाइ छ।

एमालेले उपनिर्वाचनको समीक्षा, सत्तारुढ गठबन्धन सरकारका काम–कारबाहीलगायत विषयमा छलफल गर्न बैठक बोलाएको हो।

राजनीतिक दलहरुका केन्द्रीय बैठक काठमाडौंबाहिर खासै बस्ने गरेका थिएन्न्। एमालेले उपत्यकाबाहिर केन्द्रीय कमिटी बैठक डाकेको छ।