बारा–२ मा यादवको १७ हजार मतले अग्रता

१२ बैशाख २०८०, मंगलवार १५:५४

बारा–२ मा जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले १७ हजार ६५३ मत पाएका छन् ।

प्रतिनिधिसभा सदस्य उपनिर्वाचनअन्तर्गत मतगणना जारी छ । पछिल्लो मतपरिणाम अनुसार दोस्रो स्थानमा रहेका जनमत पार्टीका उमेदवार शिवचन्द्र कुशवाहले १२ हजार २३० मत ल्याएका छन् ।

यादव ५ हजार ४३० मतान्तरले अगाडि छन् ।