ढाकाकुमार श्रेष्ठको सांसद पद रिक्त

१२ बैशाख २०८०, मंगलवार १३:४५

ढाका कुमार श्रेष्ठको सांसद पद रिक्त हुने भएको छ। प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले श्रेष्ठको सांसद पद रिक्त भएको जानकारी बैठकलाई दिने कार्यसूची छ।

रास्वपाका समानुपातिक सांसद ढाकाकुमार श्रेष्ठले घुस मागेको अडियो सार्वजनिक भएपछि पार्टीले श्रेष्ठलाई कारबाही गरेको थियो। श्रेष्ठलाई साधारण सदस्यसमेत खारेज गर्ने निर्णयसहित संसद सचिवालयमा पत्र पठाइएको छ।

कार्यसूचीमा भनिएको छ, सम्माननीय सभामुखले राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ३४ (१) बमोजिम दलबाट निष्काशन गरेको सूचनाको जानकारी सोही ऐनको दफा ३६ को प्रयोजनको लागि दफा ३५ (१) बमोजिम सभाको बैठकलाई जानकारी गराएको छ।

श्रेष्ठको स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टीले बिन्दाबासिनी कंसाकारलाई समानुपातिक सांसद बनाउने निर्णय गरेको छ।