तनहुँ–१ मा को बन्दैछ त प्रतिनिधिसभा सदस्य ?

११ बैशाख २०८०, सोमबार ०९:१४

तनहुँ–१ को प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार स्वर्णिम वाग्लेले निकतटम् प्रतिस्पर्धी गोविन्द भट्टराईभन्दा अग्रतामा छन् ।

आइतबार रातिदेखि भएको मतगणनामा बिहान ८ बजेसम्मको मतपरिणाम अनुसार कुल २४ हजार ५ सय ७१ मत गन्दा वाग्लेले १२ हजार ७ सय ५ मत प्राप्त भएको छ । उनका निकतटम् प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले ७ हजार ६ सय ४७ मत पाएका छन् । भट्टराईभन्दा वाग्ले ५ हजार ५८ मतले अगाडि छन् ।

वाग्ले र भट्टराईलाई पछ्याइरहेका एमाले उम्मेदवार सर्वेन्द्र खनालले ४ हजार २ सय १९ मत प्राप्त गरेका छन् ।

१ लाख २३ हजार ३०५ मतदाता रहेको तनहुँ–१ मा उपनिर्वाचनमा ६३ हजार ७ सय ५७ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ । यस क्षेत्रमा ९ उम्मेदवार चुनावी मैदानमा छन् ।

२ दिनभित्र अन्तिम मतपरिणाम सार्वजनिक गर्ने आयोगको तयारी छ । उपनिर्वाचन भएका बारा–२ र चितवन–२ मा भने सोमबार बिहानदेखि मात्र मतगणना सुरु हुने भएको छ ।