प्रचण्डको पहिलो विदेश भ्रमण भारत : तीन दिने भ्रमण तालिका

१० बैशाख २०८०, आईतवार १५:४१

काठमाडौँ । प्रधामन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो भ्रमणको मिति भारत सरकारसमक्ष प्रस्ताव गरेका छन् । प्रधानमन्त्री प्रचण्डले शनिबार छलफल गरेर वैशाख ३१ र जेठ १ गते (मे १४–१५)मध्ये एउटा एक दिन भ्रमणमा आउन सकिने प्रस्ताव दिल्ली पठाएको प्रधानमन्त्री प्रचण्डका निजी सचिवालयका एक सदस्यले बताए ।

यी दुई मितिमध्ये भारतले एउटा तय गरेर खबर गरेपछि प्रधानमन्त्री प्रचण्डको भ्रमण तय हुने बताइएको छ । भारतबाट यसै साताभित्र मिति कन्फर्म गरिने बताइएको छ ।

प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण तीन दिनको हुने गरी भ्रमणका क्रममा हुने कार्यक्रम र तालिकाको एजेण्डा तय गर्न पनि भनिएको स्रोतले जनाएको छ ।