
स्थगीत बैठक बैशाख १३ गतेका लागी राष्ट्रियसभाको बैठक बोलाइएको छ ।
संघीय संसद् सचिवालयले सूचना जारी गर्दै बैशाख १३ गतेका लागि बैठक बोलाइएको जानकारी दिएको छ ।
यसअघि बैशाख ५ गते सूचना जारी गर्दै बैठक स्थगनको जानकारी दिइएको थियो । सचिवालयले आइतबार सूचना जारी गर्दै बैशाख १३ गते दिउँसो १ बजेर १ मिनेटका लागि बैठक तोकिएको जानकारी दिएको छ ।
बैशाख ५ गते बैठक स्थगन गर्दै अध्यक्ष गणेश तिमलसिना रूस भ्रमणमा गएका थिए ।
